मकवानपुरको भीमफेदी गाउँपालिकाको भैंसे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ। भीमफेदी गाँउपालिकाको वडा नम्बर २ भैसे स्थित स्वास्थ्य चौकीबाट ११ वैशाखबाट ल्याब सेवा संचालनमा ल्याइएको हो । ल्याब सेवाको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरे ।

भीमफेदीको वडा नम्बर १, २, ३, ४ र ९ का जनसमुदायले मानव स्वास्थ्यसंग सम्बन्धित विभिन्न्न समस्याहरुको परीक्षण गर्न यो आर्थिक वर्षको लागि निःशुल्क सेवा लिनेगरी ल्याब सेवा सुरु गरिएको हो । यस क्षेत्रका सयौ परिवारले यो सेवा निशुल्क रुपमा दिनेगरी सेवा सुरु गरिएको अध्यक्ष लामाले बताए । सानो स्वास्थ्य समस्या लिएर पनि हेटौंडा अस्पताल सम्म धाउनुपर्ने बाध्यता नहोस भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनले बताए ।

ल्याब सेवाबाट सुगर, जण्डिस, मृगौला, गर्भ परिक्षण, एच आइ भी, हेपाटाइटिस, युरिक एसिड, टाइफाइट, दिसा पिसाब र रगत परिक्षण गरिने अध्यक्ष लामाले बताए ।

पालिका प्रेस
थप जानकारी