बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थागत (निजी) विद्यालयहरुले विद्यार्थीहरुसंग लिइरहेको शुल्क सार्वजनिक गर्न नगरपालिकाले परिपत्र गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिकाले विद्यार्थीसंग लिन तय भएको शुल्क तथा दस्तुर सार्वजनिक गर्न भनेको हो ।

संस्थागत विद्यालयहरुलाई पालिकाले परिपत्र गरी वार्षिक र मासिक शुल्क, परीक्षा, प्रमाणपत्र, कम्प्युटर, परिवहन र बिशेष प्रशिक्षणको रकम के कति लिने हो सो को जानकारी सार्वजनिक गर्न परिपत्रमा उल्लेख गरिएको छ ।

शुल्कको सुची र शैक्षिक सत्र २०८० मा लागु भएका कक्षागत पाठ्यपुस्तकको पब्लिकेशनको नाम सहित बैशाख २० गतेसम्म पेश गर्न अनुरोध गरेको छ । शिक्षा महाशाखाका अधिकृत हरिश प्रसाद भट्टले संस्थागत बिद्यालयले लिरहेको शुल्क र अपनाईरहेको कक्षागत पाठ्यपुस्तकको बिषयमा जानकारी लिन बिद्यालयहरुसँग यस्तो सुचना माग गरिएको जानकारी दिए । प्राप्त हुने जानकारीले उपमहानगरपालिकालाई बिद्यालयहरुको शुल्कको मापदण्ड निर्धारण गर्न र अगामी दिनमा अन्य गतिबिधि गर्न सहज पुग्ने विश्वास व्यक्त गरे ।


पालिका प्रेस
थप जानकारी