ओखर बजार निःशुल्क एम्बुलेन्स सञ्चालन तदर्थ समिति अन्तर्गत सञ्चालन हुँदै आएको एम्बुलेन्स ल्यायम्ह पूचः मकवानपुर शाखालाई सञ्चालनको जिम्मेवारी दिने निर्णय भएको छ ।\

१७ वैशाखमा ओखरबजारमा भएको एम्बुलेन्स परिषद भेलामा तदर्थ समितिका संयोजक सुरेन्द्रमान प्रधानले दीर्घकालमा रुपले एम्बुलेन्स सञ्चालनका लागि ल्यायम्ह पूचःलाई स्वामित्व हस्तान्तरण गर्न गरेको प्रस्तावलाई सर्वसम्मत रुपले समर्थन गरेको हो । तदर्थ समितिको तर्फबाट अध्यक्ष प्रधानले हालसम्मको आम्दानी र खर्च समेत सार्वजनिक गर्दै एम्बुलेन्स खरिद तथा सञ्चालनका लागि हालसम्म प्रशासनिक खर्च सबैले व्यक्तिगत रुपले गरेको बताउदै एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने दाताहरुलाई धन्यबाद व्यक्त गरे ।

भेलाको निर्णय पछि तत्काल तदर्थ समिति र ल्यायम्ह पूचः बीच लिखित सम्झौता हुने ल्यायम्ह पूचःका केन्द्ीय कोषाध्यक्ष जर्म श्रेष्ठले बताए । निःशुल्क ओखर बजार एम्बुलेन्स सञ्चालन समितिले २०७८ जेठ २७ गतेदेखि हालसम्म गरिव, असहाय तथा खरिद योजनामा प्रत्यक्ष सहभागी दाताका परिवारलाई निःशुल्क र अन्यलाई थाहानगरमा प्रचलित भाडादरमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको थियो ।

पालिका प्रेस
थप जानकारी