प्रथम अन्तर शिखर क्लव व्याडमिन्टन प्रतियोगिताको उपाधि सुभाष थापा र साङ्गे लामाको टिमले हात पारेको छ । क्लबमा आवद्ध सुमन विष्ट र इशाक केसीको टिमलाई पछि पार्दै उनीहरु विजयी भएका हुन् ।

प्रतियोगिता २२ र २३ वैशाखमा थाहा नगरको व्याडमिन्टन कभर्ड हल क्याम्पा डाँडामा भएको थियो । बिजेता टिमलाई प्रमुख अतिथी वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण समारोहमा शिखर क्लवका अध्यक्ष अनित केसी, शिखरकोट वजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका कोषाध्यक्ष यादव जंग रायमाझीलगायतकाको आतिथ्यता थियो ।

पालिका प्रेस
थप जानकारी