कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रमा कार्यालय समयमा निजी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न राेक लगाएकाे छ । नगरपालिकाको अनुसार कुनै पनि स्वास्थ्यकर्मीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निजी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न रोक लगाइएको हो ।

नगरपालिकाको अनुसार सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने गरी निजी क्लिनिक सञ्चालन गरेको गुनासो आएपछि सो रोक लगाएको हो । नगरपालिकाको अनुसार स्वास्थ्य क्लिनिक सञ्चालन गर्नु परेमा पालिकासँग पूर्व स्वीकृती लिनु पर्ने जनाइएको छ ।

नगारपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको पालिकाले जनाएको छ ।  नगरपालिकाको अनुसार बैठकले आगामी जेठ महिनाको ८ गतेदेखि ‘ जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी’ भन्ने नारा सहित स्वास्थ्य सेवा संचालन गर्न निर्णय गरेको छ ।

 स्वास्थ्य संस्था दर्ता तथा स्वीकृत बिना संचालनमा रहेको गुनासो आएपछि स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७६ को दफा २२ र नेपाल सरकारको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २१ बमोजिम स्थानीय तहले तोकिएको मापदण्ड पुरा गरी स्वीकृत लिन नगरपालिकाकाे एक सूचना मार्फत जनाएको छ ।

नगरपालिकाले एक महिनाको समय राखि नगर कार्यपालिकामा निवेदन पेश गर्नु पर्ने नगर प्रमुख अजय थापाले जानकारी दिए । पालिकाले सूचना उलघंन गरि वा अनुमती बिना स्वास्थ्य संस्था संचालन गरेको पाईएमा पालिकाको कानुन बमोजिम कार्वाहि गरिने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी