मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा रहेको कालिका माध्यमिक विद्यालयमा लगाइएको धार्मिक मेलाको आय व्यय सार्वजनिक गरिएको छ। २८ वैशाखमा विद्यालयको ६२ औं बार्षिक अभिभावक भेलाको अवसरमा धार्मिक मेलाको आय व्यय सार्वजनिक गरिएको हो। विद्यालयको आयोजनामा गत चैत्र २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको धार्मिक मेलामा दानवीरबाट प्राप्त रकम ४५ लाख ५ हजार ४ सय २८ रुपैंया जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर स्याङ्तानले बताए । जसमध्ये फ्रेम बिक्रिबाट ५ हजार, घोडा सवारबाट २२ हजार, दानपटीकाबाट १ हजार ९ सय ३० गरि ४५ लाख ३७ हजार ९ सय ६३ रुपैंया जम्मा भएको बताइएको छ।

त्यसमध्येबाट व्ययतर्फ दोसल्ला, रामनामी तथा खादा खरिदमा ८३ हजार २ सय ७० रुपैंया, प्रचारप्रसारमा ९१ हजार १ सय ५० रुपैंया, पूजा सामाग्री खरिदमा ९२ हजार १ सय ६१ रुपैंया, खाजा तथा खानामा २ लाख ३२ हजार ७ सय ४९ रुपैंया खर्च भएको अध्यक्ष स्याङ्तानले बताए । यस्तै फ्रेम तथा सम्मान पत्रमा १ लाख १४ हजार ३५ रुपैंया, यातायात तथा ढुवानीमा ९९ हजार ९ सय, पण्डित समूहमा ६ लाख ९५ हजार, लामा समूहमा १ लाख ६३ हजार १ सय खर्च भएको तथ्यांक छ ।

यस्तै, दानपेटीका खरिदमा २ हजार, म्याटेक्स खरिदमा १४ हजार १ सय १०, स्टेश्नरीमा १४ सय ९०, मसलन्दमा ७ हजार ४ सय ४० रुपैंया खर्च बताइएको छ। शिलालेख लेखनमा ४८ हजार तथा मिडियामा २१ हजार ५ सय रुपैंया गरि जम्मा १६ लाख ६५ हजार ९ सय ५ रुपैंया व्यय भएको हो । यो सबै खर्च कटाएर २८ लाख ७२ हजार ५८ रुपैंया रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्याङ्तानले जानकारी दिए ।

दानवीर दाताहरुबाट संकलन भएको यो रकम विद्यालयको भौतिक, तथा शैक्षिक प्रगतीका लागि खर्च गरिने विद्यालयका प्रधानाध्याक मानबहादुर स्याङ्तानले बताए। विद्यालयमा छात्रावासको व्यवस्था नहुँदा प्राविधिक शिक्षा पढ्न आउन चाहाने अन्य क्षेत्रको विद्यार्थीहरुलाई असहज भएको भन्दै छात्रावास निर्माणको लागि पहल सुरु गरिने उनले बताए।
– पालिका डायरीबाट

पालिका प्रेस
थप जानकारी