मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको राम सीता कृषि तथा पशुपंछी समुहका सदस्यहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ ।

थाहा नगरपालिका स्वास्थ्य शाखाको पोषण आहार कार्यक्रम अन्तर्गत पशु शाखाको समन्वयमा कुखुराको चल्ला वितरण गरिएको वडा नम्बर ४ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए । समुहका १८ जना महिला सदस्यहरुलाई एक सदस्य ८ वटा कुखुराको चल्ला वितरण गरिएको हो।

समुहका सदस्यहरुलाई वडा कार्यालयमा वडा अध्यक्ष नारायण लामाको आतिथ्यतामा चल्ला वितरण गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी