काठमाडौको लैनचौरमा जारी नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा नेपालको लागि थाहा नगरपालिकाका खेलाडीले ४ वटा पदक हात पारेका छन् ।

प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा रहेको स्वच्छन्द भैरव कराते डोजोका अर्जुन गमालले स्वर्ण पदक, सहित सुशील रुम्बाले कास्य, करण गमालले कास्य र काता तर्फ भुमिका बलामीले कास्य पदक दिलाउन सफल भएका हुन् । प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंकासहित ८ देशले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा थाहाका खेलाडिहरुले पदक जित्न सफल भएको प्रशिक्षक रोशन बलामी तथा कराते महासंघ थाहाका सचिव सम्राट बलामीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी