मकवानपुरको इन्द्रसरोवर गाउँपालिका तथा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा ग्रामीण आँखा केन्द्र शुभारम्भ भएको छ । गाउँपालिकामा १७ जेठमा स्थापना भएको आँखा केन्द्रको मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रमका अतिथी तथा उपस्थित सबैलाई उपाध्यक्ष उमा कुमारी लामाले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाली सेनाका सेनानी, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, २ नंम्बर वडा अध्यक्ष सुमन श्रेष्ठ, हेटौडा सामुदायिक आँखा अस्पतालबाट डा. सुनिल थकाली लगायतको उपस्थिति रहेको थियो। निःशुल्क आँखा शिविर कार्यक्रममा २ सय ८९ जनाले आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

आँखा परीक्षणको क्रममा १५ जनामा मोतियाबिन्दुको लक्ष्ण देखिएको थियो भने १५ जनालाई निःशुल्क उपचारका लागि हेटौडा सामुदायिक आँखा अस्पतालसंग सहकार्य भइ थप उपचार गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रम पालिकाका योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी