सामुदायिक विकास तथा सचेतना नेपाल र बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौँडा उपमहानगर पालिका, टोल विकास संस्था नगर समन्वय समिति को समन्वयमा ‘मेरो फोहोर मेरो जिम्मेवारी अभियान’को सुरुवात गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १० का वडाअध्यक्ष फुर्वा लामा, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सीना, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रु्रुव प्रसाद अधिकारी र विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ, लगायतको आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै हेटौडा उपमहानगर पालिका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले वाताबरण संरक्षणमा यो अभियान आजको आवस्यकता भएकोले यस्तो उदाहरणीय अभियानमा उपमहानगरपालिका ले अभिभावकत्व प्रदान गर्ने बताए ।

यसैगरी कार्यक्रमका उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १० का वडाअध्यक्ष फुर्वा लामाले हेटौडा उपमहानगरपालिका सफा हेटौँडा स्वच्छ हेटौँडा भन्ने मुल नाराका साथ अघि बढीरहेको अवस्थामा यो अभियानले टेवा पुग्ने र सवै जनमानसलाई मेरो फोहोर मेरो जिम्मेवारी भने बुझाउन सके मात्र फोहोर मैला व्यवस्थापन सफल हुन सक्ने बताए । कार्यक्रमको अन्त्यमा बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको प्रधानाध्यापक तथा कार्यक्रमका सभाध्यक्ष विनोद सुवेदीले मानव जातीको संरक्षणका लागि पर्यावरण जोगाईराख्नु पर्ने भएकोले पर्यावरण बचाउन स्थानिय पाठ्यक्रममा कक्षा १ देखि नै मेरो फोहोर मेरो जिम्मेवारी भन्ने बारेमा बुझाउन आवश्यक रहेको बताए ।

पालिका प्रेस
थप जानकारी