कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्टले स्थायी अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको पाइएको छ।

कर्मचारी समायोजनका बेला शान्नीबिवेणी गाउँपालिका रोजेर सबै भन्दा पहिला आएका स्थायी अनमी निलम कुमारी सज्याललाई फाजिलमा राखेर आफ्नो कान्छी श्रीमती भावना कुमारी थापालाई अनमी दरबन्दी भएको रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको रहस्य खुलेको हो।

२०७५ साल यता रकु स्वास्थ्य चौकी दरवन्दीमा कार्यरत अनमी निलम कुमारी सज्यालको ठाउँमा आफ्नो कान्छी श्रीमती थापालाई कामकाज गर्न लगाएपछि उक्त रहस्य बाहिर आएको हो।

स्थानीय राजेन्द्र सुवेदीले शाखा प्रमुख विष्टले आफ्नो हात जगनाथ गरेर नियम विपरीत स्वास्थ्य चौकी प्रमुख दिर्ग बहादुर नेपालीसँग मिलेर रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको पत्र लेखाएर आफ्नो श्रीमतीलाई दरवन्दीमा पदस्थापन गराएको बताए। बिष्टकी श्रीमती थापा पनि स्थायी हुन। तर दरबन्दी नभएकाले फाजिलमा सामुदायिक स्वास्थ्य इकाईमा काम गदै आएकी थिइन।

मिति २०७८ साल वैशाख २३ गते पत्र लेख्दै रकु स्वास्थ्य चौकी प्रमुख दिर्गवहादुर नेपालीले वैशाख २२ गते गाउँ कार्यपालिकाको निर्णय अनुसार भन्दै रकु स्वास्थ्य चौकीमा रिक्त रहेको अनमी पदमा पदस्थापन गरिएकाले निज मिति २०७८ वैशाख २३ गते वाट हाजिर भई कामकाज गर्नु भनिएको छ। तर अनमी सज्याल यो समयमा स्वास्थ्य चौकी रुकुमा कार्यरत रहेको हाजिर रजिष्टरले पनि पुष्टि गरेको छ।

उक्त पत्र स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु, राष्ट्रिय निजामती किताब खाना हरिहर भवन ललितपुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष शान्नीत्रिवेणी गाउँपालिका आर्थिक तथा प्रशासन शाखा लगायतमा बोधार्थ पठाइएको छ। तर त्यस उता स्थायी अनमी सज्याल कामकाज गदै आएका थियो।

उक्त पत्रमा भावना कुमारी थापाको कर्मचारी संकेत नम्बर केही पनि उल्लेख छैन। भावनाका श्रीमान् अर्थात् स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्ट सम्पर्कमा नआएका कारणले थप घटनाबारे जानकारी लिन भने सकिएको छैन।

गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले नयाँ ठाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्नु पर्ने भएकाले वडा नं ६ को पोरीवन क्षेत्रमा निमल सज्याललाई सरुवा गरिएको बताए। अध्यक्ष केसीले अरू कुनै कारण होइन। तलब खुवाउने गाउँपालिकाले भएकाले कुनै शङ्का नगर्न आग्रह गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फाजिलका कर्मचारीलाई तलब भत्ता नपठाएका कारणले श्रीमतीलाई हतार गरेर दरवन्दीमा पठाएको र दरवन्दीमा काम गरिरहेकी अनुमीलाई फाजिलमा पठाउने षडयन्त्र पूर्वक भइरहेको भन्दै अनमी सज्यालले आफू अदालत जाने बताए।

पालिका प्रेस
थप जानकारी