मकवानपुर थाहा नगरपालिकाले उपभोक्ता समिति मार्फत गरिएको खर्चको सार्वजनिकीकरण नगरेको खुलेको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा सार्वजनिक सुनुवाइका लागि वार्षिक बजेट व्यवस्थापन गरेपनि सार्वजनिक सुनुवाई कार्यक्रम संचालन नगरेको प्रतिवेदनमा उल्लेख छ ।

आम नागरिक माझ सार्वजनिक सुनुवाइ कार्यक्रम नभएकोले वास्तविक अवस्थाको विषयमा यकिन हुने अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच महालेखा परीक्षकको प्रतिवेदनमा नगरपालिकाको अधिकांश निर्माण कार्य उपभोक्ता समिति मार्फत संचालन गरेको उल्लेख छ । हेभि इक्युपमेन्ट प्रयोग हुने तथा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने कार्य समेत उपभोक्ता मार्फत गराउँदा निर्माण गुणस्तरमा हुने सजगता अपनाएको नदेखिएको प्रतिवेदनमा लेखिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समिति मार्फत काम गराउने सम्बन्धी व्यवस्था रहेको छ । प्रतिफल उन्मुख ठूला बजेटका योजना छनौंट गरी प्रतिस्पर्धी प्रक्रियाबाट निर्माण कार्य गराउन महालेखाले प्रतिवेदन मार्फत थाहानगरलाई ध्यानाकर्षण गराएको छ ।

पालिका प्रेस
थप जानकारी