थाहा नगरपालिका वडा नम्बर ४ को कार्यालयले बुहारी छात्रवृत्ति वितरण गरिएको छ । वडा कार्यालको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विवाहित महिलालाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यले बुहारी छात्रवृत्ति वितरण गरिएको हो ।
उच्च शिक्षा अध्ययन गर्नको निम्ति ४ नम्बर वडाका ४ जना बुहारीहरु निलिमा गोपाली, पुष्पा कार्की, मनिशा बिष्ट र सुस्मिता सुनारलाई पालुङ क्याम्पसमा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको हो । कार्की र बिष्ट पालुङ क्याम्पसमा अध्यनरत छन भने गोपाली र सुनार हेटौंडा क्याम्पसमा अध्यनरत छन । ४ नम्बर वडाध्यक्ष अध्यक्ष नारायण लामाका अनुसार–‘विवाह गरेपछि पढ्न छाड्ने चलनको अन्त्य गर्दै औपचारिक शिक्षा पूरा गराउने हाम्रो लक्ष्य हो’, उनले भने,–‘खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थीलाई यसले समेट्नेछ तर, छात्रवृत्ति प्राप्त गर्न वैधानिक विवाह भएको हुनुपर्नेछ ।’

बुहारी छात्रवृत्ति कार्यक्रमका लागि वडा कार्यालयले २० हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको वडा सचिब पाल्साङ लामाले जानकारी दिए । छात्रवृत्ति वितरण कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीले छात्रवृत्ति कार्यक्रमले बुहारी तथा छात्राको उन्नती प्रगति हुनुको साथै देश निर्माणमा महिलाले पनि उतिकै योगदान गर्नसक्ने बताए । उनले कार्यक्रम सकारात्मक जनपक्षीय रहेको र थाहालाई आहा बनाउनका निमित्त बुहारीहरुको भुमिका उल्लेखनीय रहने भएकोले नगरपालिका सदैव सहयोगका निमित्त तत्पर रहेको र भोलिका दिनमा पढेर यहि नगरमा सेवा दिन आग्रह गरे।
छात्रवृत्ति कार्यक्रममा थाहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रलगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्