नेपाल शिक्षक महासंघ थाहानगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक सुधारको माग राख्दै सुझावपत्र बुझाएको छ । नगर समितिले २६ जेठमा थाहानगर प्रमुख विष्णु बहादुर विष्टको कार्यकक्षमा नगरपालिकाले शैक्षिक सुधारको निम्ति गर्नुपर्ने कामहरुको सुझाव पेश गरेका हुन् ।

सुझाव पत्र नगर प्रमुख विष्ट तथा उपप्रमुख भरत गोपालीले बुझेका छन् । सुझाव पत्र बुझाउँदै महासंघ थाहानगरका अध्यक्ष राजाराम कार्कीले कार्यान्वयन गरिदिन ध्यानाकर्षण गराए । सुझावपत्रमा थाहा नगरपालिकाको शिक्षाको गुणस्तर र शिक्षकहरुको क्षमता अभिवृद्धि र पेशागत सुरक्षा र दायित्वलगायतका सवालहरु पेश भएको छ । १९ बँुदे उक्त सुझाव बुझाउन महासंघमा आवद्ध शिक्षकहरु नगरपालिका पुगेका थिए ।

 

पालिका प्रेस
थप जानकारी