नेपाल बाल विकास शिक्षक समिती थाहानगर समितिले थाहा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । २६ जेठमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपालीलाई आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा आफूहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले मासिक पारिश्रमिक १७ हजार पु¥याउनुपर्ने, नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयनमा उदासिनता देखिएको लगायतका सवालहरु समेटेर पालिकाको ध्यानाकर्षण गराएका हुन् । नगरपालिकाको नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राखी बजेट व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव छ ।

नगर अध्यक्ष दीपा बलद्वारा हस्ताक्षरित१० बुँदे ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख तथा उपप्रमुखले जायज मागहरु क्रमशः सम्बोधन हुने प्रतिक्रिया दिए । ध्यानाकर्षण पत्र बुझाउन बाल बिकास समिती थाहानगर समितिका अध्यक्ष दिपा बलसहितको टोली थाहा नगरपालिका पुगेको थियो ।