काठमाडौंमा जारी नवौं उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा थाहा नगरपालिकाको ९ खेलाडीले पदक जित्न सफल भएका छन । १२ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ खेलाडीले प्रथम र ४ खेलाडीले तृतीय स्थान हासिल गर्न सफल भएको थाहा नगर खेलकुद विकास समिति संयोजक टीकाराम स्याङ्तानले जानकारी दिए ।

प्रतियोगितामा आठ वर्ष समुहमा रि सव बलामी प्रथम, ३० केजी तौल समुहमा सलिम गमाल प्रथम, ४० केजी तौल समूहमा सोहन मगर प्रथम, १५ वर्ष समुहमा संजय गोले र महिलातर्फ २० केजी तौल समुहमा भूमिका बलामीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । अर्जुन गमाल २५ केजी तौल समूहमा, करण गमाल ३५ केजी तौल समूहमा, इनेश बलामी १५ बर्ष समूहमा र निशान गोले १५ बर्ष समुहमा तृतीय भएको नगर खेलकुद विकास समिति संयोजक स्याङ्तानले जानकारी दिए ।

प्रतियोगिता जेठ २६ र २७ गते काठमाडौंमा भएको थियो ।

पालिका प्रेस
थप जानकारी