पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ३ घर्तीखोलामा रहेको सीताराम ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा स्वास्थ्य परीक्षण तथा दही चिउरा खुवाउने कार्यक्रम गरेको छ । जेसीजले दिवासेवा केन्द्रका ज्येष्ठ नागरिकहरुलाई १५ असारको अवसरमा आयोजित दही चिउरा खुवाउने कार्यक्रममै उनीहरुको स्वास्थ्य परीक्षण पनि गरेको हो ।

कार्यक्रममा सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका २५ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । थाहा नगरपालिका वडा नंम्बर १ को संकल्प पोलिक्लिनिक र वीङ युथ संस्थाको सहकार्यमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परामर्श समेत दिइएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले जानकारी दिए ।

पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पालुङ जेसीजका फेलोसिप संयोजक गणेश विष्टको संयोजकत्वमा भएको थियो । कार्यक्रममा समाजसेवी भरत पराजुली, पालुङ जेसीजका निवर्तमान अध्यक्ष जयराम केसी, कानुनी सल्लाहकार निरज रायमाझी, कोषाध्यक्ष माधव कार्की, तालिम आयुक्त अनिता बिष्टलगायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैबीच पालुङ जेसीजले स्थानीय उत्पादनहरुको बजार प्रवद्र्धन लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम गरेको छ । १५ असारमा थाहा नगरपालिका वडा नंम्बर ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाहरुले उत्पादन गरेका अचारलगायतका उत्पादनहरुको बजार प्रवद्र्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालुङ जेसिजले बताएको छ । जेसीजले स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको देशको विभिन्न भागमा प्रचारप्रसार गरी प्रवद्र्धन गर्नका लागि आवश्यक तयारी गरेको पालुङ कानुनी सल्लाहकार रायमाझीले प्रतिक्रिया दिए । थाहानगरमा उत्पादन भएका भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको जेसीजले आफ्नो कार्यक्रमहरुमा थाहानगरको चिनो स्वरुप र देशका विभिन्न क्षेत्रमा बजारिकरणको लागि पहल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

पालुङ जेसीज वर्ष २०२३ का उपाध्यक्ष अजित कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष संगम कार्कीको माता दुर्गादेवी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिका वडा नंम्बर ३ की वडा सदस्य एवं कार्यपालिका सदस्य पवित्रा ठकुरी कार्की, महिला समूहकी अध्यक्ष शान्ति तामाङ पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, अन्जय प्रधान लगायत समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम पालुङ जेसीजका महासचिव सञ्जय गोपालीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी