मकवानपुर थाहानगरमा एउटै आलु  १ किलो बढि तौलको फलेको छ । थाहा नगरपालिका वडा नम्बर ७ चौबासका मान बहादुर थिङको बारीमा यसवर्ष एउटै आलु १ किलो ३० ग्रामको फलेको स्थानीय राम बहादुर थिङले जानकारी दिए । चौबास दलान टोलका थिङको बारीमा यसपालि आलु उत्पादन राम्रो भएको थिङले बताए ।

त्यस्तै डाँडाबासका कृषक आत्मराम गोलेले पनि एउटै आलु ८ सय ४६ ग्राम तौलसम्मको फलाएका छन् । गाउँघरमा काइँला भनेर चिनिने गोलेले यसपालि खनेको आलु यति ठूलो फलेको स्थानीय रत्न बहादुर गोलेले जानकारी दिए । गोलेका अनुसार ५ वटा आलुको तौल ३ किलो ४ सय ४६ ग्रामको रहेको छ ।

हेर्नुहोस् फोटोहरूः रत्न बहादुर गोले

पालिका प्रेस
थप जानकारी