मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा पनि न्यून आए भएका १ सय १४ परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

वडा नम्बर ६ भित्र बसोबास गर्ने निम्न आय भएका ११४ परिवारका करिब छ सय परिवारको वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा गरि दिएको छ । आफ्नो वडा भित्र रहेका विपन्न, दलित, गरिब परिवारको पहिचान गरि आफुले निर्वाचित भईसकेपाछि जनता माझ गरेको प्रतिबद्धता लाई आत्मासाथ गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई जोड दिएको वडा अध्यक्ष कृष्ण बजगाईले बताए ।

वडा भित्र रहेको टोल विकास सस्थालाई दिएको जिम्मेवारी संस्थाले पुरा गर्दै टोल विकास सस्थाले सिफारिस गरको सिफारिसको आधारमा वडाले निःशुल्क स्वास्थ्य बीमा गरेको पनि अध्यक्ष बजगाइले बताए ।

पालिका प्रेस
थप जानकारी