मालपोत कार्यालय शिखरकोट मकवानपुरको कार्यक्षेत्रमा पर्ने जग्गाहरुको घर जग्गा हस्तान्तारण प्रयोजनका लागि नयाँ मूल्याङ्कन दररेट निर्धारण सार्वजनिक गरिएको छ । नयाँ दररेट अनुसार आ.व. २०८०÷०८१ का लागि १ साउनदेखि लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेँढाइको अध्यक्षमा २६ असारमा बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो ।

नयाँ दररेट अनुसार त्रिभुवन राजपथको थानाबजारदेखि नयाँ बसपार्कसम्मको जग्गाको दर सबैभन्दा महंगो अर्थात प्रति रोपनी २७ लाख मूल्य निर्धारण गरिएको छ । यसैगरी साविक पालुङतर्फ त्रिभुवन राजपथमाप्रति रोपनी २० लाख, पक्की मोटर बाटो १५ लाख, इन्द्रायणी चौर—पाण्डुकेश्वर जाने बाटो ११ लाख, फुलपाती चौर—पाण्डुकेश्वर मन्दिरसम्म १३ लाख ५० हजार, फुलपाती चौरदेखि फाँटबजारसम्म १६ लाख ५० हजार, ओखरबजार—झम्केश्वरी सडक ११ लाख, देउला वस्ती—चाक्चाबजार मोटरबाटो १३ लाख ५० हजार, भुङ्दल मोटरबाटो ११ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ८ लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख र पाखो २ लाख ५० हजार रुपियाँ न्यूनतम मूल्याङ्कन गरिएको छ ।

यसैगरी, साविक शिखरकोट गाविसतर्फ त्रिभुवन राजपथको उद्योग वाणिज्य संघको भवनदेखि थानाबजार २४ लाख प्रति रोपनी, थानाबजारदेखि नयाँ बसपार्क सडक २७ लाख, दामनदेखि उद्योग वाणिज्य संघ भवनसम्म ११ लाख ५० हजार, शिखरकोट बजारदेखि नगरपालिका र दोबाटोदेखि नगरपालिकासम्म १४ लाख ५० हजार, शिखरकोटदेखि रुप्से सडकसम्म ११ लाख, शिखरकोट—आग्रा—डाँडाबास सडक (१, २ र ९) १६ लाख ५० हजार, पालुङ पुलदेखि नगरपालिका सडक १३ लाख ५० हजार, पक्की मोटरबाटो १० लाख, कृष्ण मन्दिरदेखि गोपालीगाउँ सडक ११ लाख, गोपाली गाउँ—इन्द्रायणी चउर सडक १५ लाख, कार्की गाउँ एफएम सडक ११ लाख, पुच्छार टोल—क्याम्पाडाँडा सडक १३ लाख ५० हजार, कच्ची बाटो (वडा कार्यालयको सिफारिसमा बाटो कायम हुने) ८ लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख ५० हजार र पाखो ३ लाख रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक चित्लाङतर्फ बिसिङखेल—चन्द्रागिरी—टौखेल (वडा नं.१, २, ५, ९) १७ लाख, ९ नंम्बर वडा कार्यालयदेखि कुस्लेचौरसम्मको पक्की सडक मोटरबाटो १२ लाख, नारायणहिटी—चौकी÷नारायणहिटीदेखि पुरानो दरबार २० लाख, नारायणहिटी याक्खुसी सडक १७ लाख, माझगाउँ—सातधारा सडक १७ लाख, कपुगाउँ सडक ११ लाख, खर्क सडक ११ लाख, कुस्लेचौर—मार्खु सडक १० लाख, चित्लाङ खलीवन सडक १० लाख, नौखण्डे—कुलेखानी सडक १२ लाख ५० हजार, कलाँटु सडक ११ लाख, सितापाइला कमेरी सडक ११ लाख, अम्पुडोल सडक ११ लाख, खरीडाँडा—ठूलोचौर सडक ११ लाख, महादेव मन्दिर सडक ११ लाख, रुपासीधारी जोखल सडक ११ लाख, मन्दिरबाट धाराचौर सडक ११ लाख, कच्चीबाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) १० लाख, गोरेटो बाटो ५ लाख, बाटो नभएको खेतीयोग्य धनहर ३ लाख ५० हजार र पाखो बारी ३ लाख रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक मेत्राङ टिष्टुङतर्फ भट्टेडाँडादेखि नौखण्डे सडक ११ लाख, देउरालीदेखि त्रिभवन राजपथ नौखण्डे ८ लाख, नौखण्डे देखि दामेचौर ६ लाख ५० हजार, साविक टिष्टुङबाट पाँच वडा गाभिएको देउराली ६ लाख ५० हजार, पक्की मोटरबाटो ५ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ४ लाख ५० हजार, गोरेटो बाटो २ लाख ५० हजार, बाटो नभएको खेतीयोग्उ धनहर १ लाख ५० हजार र पाखो बारी १ लाख ५० हजार कायम गरिएको छ ।

यसैगरी, साविक बज्रबाराहीतर्फ सरस्वती बजार पक्की २० लाख, सरस्वती बजार कच्ची १५ लाख, बाराही चौरबाट लिलाखेल जाने बलामी टोलसम्म ११ लाख, सरस्वती बजारबाट भटुवाल जाने अध्याय रिसोर्टसम्म १६ लाख, सरस्वती बजारबाट बगर जाने बगर बजारसम्म १६ लाख, कुन्छाल—बाराही चौर सडक १३ लाख ५० हजार, कुन्छाल—मार्खु सडक १३ लाख, पक्की मोटरबाटो १३ लाख, कच्ची बाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ३ लाख ३० हजार, गोरेटो बाटो २ लाख २० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख ६५ हजार र पाखो बारी १ लाख १० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक फाखेल÷चित्लाङ वडा नं. ६ र ७ चखेल—देउराली सडक (ख), साविक चित्लाङ ६, ७ र मार्खु २ मा ९ लाख, माहालक्ष्मी खोला—चखेल सडक ९ लाख, भिमफेदी कुलेखानी फाखेल सडक (१, २, ३, ४, ९) हुमाने सडक ९ लाख ५० हजार, पक्की मोटरबाटो ९ लाख, कच्ची बाटो ३ लाख ३० हजार, गोरेटो बाटो ३ लाख, बाटो नभएको खेतीयोग्य धनहर २ लाख २० हजार र पाखो २ लाख रुपियाँ कायम गरिएको छ । साबिक आग्रातर्फ, दामगाडे–महादेववेशी ६ लाख २५ हजार, डाडाबास–गोगने–मोरिया आग्रा १, ५, ७ मा ५ लाख ५० हजार, दामगाडे–कागतीखोला ३ लाख ५० हजार, डाडाबास–डाडाखर्क (५ र ७) ३ लाख ३० हजार, पक्की मोटरबाटो ४ लाख ४० हजार, कच्ची मोटरबाटो (वडा कार्यालयको सिफारिस अनुसार बाटो कायम हुने) ३ लाख ३० हजार, गोरेटो बाटो २ लाख २० हजार, बाटो नभएको खेतियोग्य धनहर १ लाख ६५ हजार र पाखो बारी १ लाख १० हजार रुपियाँ कायम गरिएको छ ।

साविक सिस्नेरीतर्फ मदन भण्डारी मार्ग पक्की मोटरबाटो ११ लाख, पक्की मोटरबाटो ८ लाख, कच्ची मोटरबाटो ६ लाख, गोरेटो बाटो ३ लाख ३० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख ७५ हजार र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ । साविक मार्खुतर्फ पक्की मोटरबाटो ५ लाख, मोटरबाटो ३ लाख, बाटो नभएको खेतीयोग्य धनहर २ लाख र पाखो बारी १ लाख ७५ हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक लामाचौर तर्फ पक्की मोटरबाटो ८ लाख, कच्ची मोटरबाटो ४ लाख ५० हजार, गोरेटो बाटो ३ लाख ५० हजार, बाटो नभएको खेतीयोग्य धनहर २ लाख र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ । साविक टोडकेतर्फ चखेल—देउराली सडक÷मदन भण्डारी मार्ग ८ लाख, पक्की मोटरबाटो ६ लाख, कच्ची बाटो ५ लाख, गोरेटो बाटो ३ लाख ५० हजार, बाटो नभएको धनहर २ लाख र पाखो बारी १ लाख ५० हजार रुपियाँ कायम गरिएको छ ।

यसैगरी, साविक डाँडाखर्कतर्फ पक्की मोटरबाटो ४ लाख ५० हजार, कच्चीबाटो २ लाख २० हजार, गोरेटोबाटो १ लाख ६० हजार, आवासीय क्षेत्र ४ लाख ५० हजार, बाटो नभएको खेतीयोग्य धनहर १ लाख १० हजार र पाखो बारी ९० हजार रुपियाँ कायम गरिएको छ । साविक गोगनेतर्फ पक्की मोटरबाटो ३ लाख ५० हजार, कच्चीबाटो २ लाख ५० हजार, गोरेटोबाटो १ लाख १० हजार, आवासीय क्षेत्र ४ लाख, बाटो नभएको खेतीयोग्य धनहर ९० हजार र पाखोबारी ७५ हजार रुपियाँ कायम गरिएको छ । समितिले आवासीय र कृषि क्षेत्रको बर्गीकरण हुन बाँकी रहेका पालिकाहरुमा पछि बर्गीकरण भएमा पक्की बाटो सरहको मूल्याङ्कन कायम गरिने पनि जनाएको छ ।

हेर्नुहोस् दररेट:

 

पालिका प्रेस
थप जानकारी