मकवानपुरको १० स्थानीय तहमध्ये ३ वटा स्थानीय तह (पालिका) बजेट पेश र पारित समेत नगरेको विवरण सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट अपडेट पोर्टलमा बजेट पेश नभएको र पारित पनि नभएको उल्लेख छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका बकैया र बागमती गाउँपालिकाको बजेट पेश नभएको र पारित पनि नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा एक र पाँच बमोजिम असार १० गतेभित्र नगर तथा गाउँसभामा पेश भएको बजेट सोहि दफाको उपदफा ६ बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

हेर्नुहोस मन्त्रालयको वेवसाइटमा देखिएको विवरणः (स्क्रिनसूट २०८० साउन १ गते बेलुका ८ः४२)

पालिका प्रेस
थप जानकारी