Original Title: Aa_FC3_10a.jpg

लामखुट्टेको टोकाइबाट संक्रमीत हुने डेङ्गी रोग नियन्त्रणका लागि मनहरी गाउँपालिकाले अभियान सुरु गर्ने भएको छ । पछिल्लो समय बढ्दै गरेको डेङ्गी रोग नियन्त्रणका लागि गाउँपालिकाले अभियान सुरु गर्ने भएको हो ।

गाउँपालिका भित्र क्रियाशील विभिन्न संघ संस्थाहरु, टोल विकास, सहकारी, वन उपभोक्ता समिती लगायत सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्ने बताइएको छ । वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले यस अभियानमा नेतृत्व गरी लामखुट्टेको बासस्थान नष्ट गर्ने र समाजमा वातावरण सरसफाइ गर्ने गाउँपालिकाद्धारा जारी सुचनामा जनाइएको छ ।
विशेषगरी वर्षायाममा यस रोगको महामारी देखिने भएकाले बेलैमा सचेत रहि स्वच्छ वातावरण निर्माण गर्न गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी