थाहा नगरपालिकाले नगरपालिका भित्र बनिरहेका र बन्दै गरेका भवन, घर तथा टहराहरुको नक्सा पास गरेर मात्र निर्माण गर्न आग्रह गरेको छ ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले एक सूचना जारि गर्दै नगरपालिकाका १२ वटै वडा हरुमा निर्माण भैरहेका भवन तथा टहराहरु नक्सा पास नगरी निर्माण भैरहेको पाइएको हुँदा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ मा व्यवस्था भए अनुसार नक्सा पास नगरी निर्माण कार्य गर्नु गैरकानुनी भएकोले नियम अनुसार नक्सा पास तथा स्वीकृत गराएर मात्र निर्माण गर्न अनुरोध गरेका छन् ।

 

पालिका प्रेस
थप जानकारी