मकवानपुर थाहा नगरपालिकामा लेदोजन्य फोहोर व्यवस्थापन र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । शान्ति नेपाल तथा इन्फोको सहकार्य तथा पालिकाको व्यवस्थापनमा २९ साउनमा भएको कार्यक्रम थाहानगर उपप्रमुख भरत गोपालीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागहिरुलाई इन्फोका तालिम अधिकृत शोभा राना र डाक्टर कृष्णमान शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा लेदोजन्य फोहोर व्यवस्थापनको विषयमा राना र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धमा डाक्टर शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रमको अवसरमा सहजकर्ताहरुले यि दुवै कार्यक्रमका लागि पालिकाले आफ्नो कानून बनाएर योजनावद्ध रुपमा अघि बढे सफल हुने प्रतिक्रिया दिए । संविधानमै सरसफाइको व्यवस्था उल्लेख भएको र ति सबै कुरा विभिन्न कानूका साथै स्थानीय सरकारको अधिकार क्षेत्रमा समेत उल्लेख रहेकोले पालिकाले ढिलो चाँडो गर्ने पर्ने काम भएको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागहिरुले विभिन्न विकासका कमहरुका साथै स्वच्छता र सरसफाई सम्बन्धी कार्यक्रम संचालन आवश्यक रहेको औल्याए ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले पालिकाले फोहोर व्यवस्थापका लागि पालिकाले पहल गरिरहेको बताउँदै थप अझै काम गर्न आवश्यक रहेको आफूलाई महशुस भएको सुनाए । उपप्रमुख गोपालीले क्रमशः शहरीकरण भैरहेको थाहानगरको सबै किसिमको विकासलाई एकीकृत रुपले समेटेर अघि बढ्ने प्रतिक्रिया दिए । कार्यक्रममा फोहोर व्यवस्थापन तथा खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी कार्यमा शान्ति नेपाल र इन्फोसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले भने–‘नगर र नगरबासीको हितमा काम गर्न हामी हरदम तयार छौं ।’ कार्यक्रम थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी