मकवानपुर थाहानगरका विभिन्न विद्यालयबाट ३४.३२८ प्रतिशत विद्यार्थी मात्र १२ कक्षा उतीर्ण भएका छन् । थाहानगरका दशजोड २ अध्यापन गराउने ६ वटा विद्यालयबाट यि विद्यार्थीहरु उतीर्ण भएका हुन् । यो तथ्याङ्क राष्ट्रिय नतिजाको तुलनामा १६.६७१ प्रतिशत कमजोर हो । देशभर नियमित परीक्षा दिएका मध्ये ५१ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।
थाहा नगरपालिकामा ३ सय ३५ विद्यार्थीले कक्षा १२ को नियमिततर्फ परीक्षा दिएकोमा १ सय १५ विद्यार्थी मात्र उतीर्ण भएका छन् । नगरका दस जोड दुई अध्यापन गराउने जनकल्याण मावि थाहा–३ बाट १ सय ६७ जना विद्यार्थीले नियमि तर्फ परीक्षा दिएकोमा ५८ जना मात्र उतीर्ण भएका छन् । उतीर्ण मध्ये व्यवस्थापन संकायमा ६० प्रतिशत मानविकी तर्फ २१.८ प्रतिशत र शिक्षा संकाय तर्फ २० प्रतिशत विद्यार्थीमात्र उतीर्ण भए भने विज्ञान तथा कृषि तर्फको उतीर्ण नतिजा शुन्य भएको छ ।
थाहा नगरपालिकाको वडा नम्बर ११ मा रहेको बागेश्वरी माविबाट ५१ जना विद्यार्थीले परीक्षा दिएकोमा २१ जना उतिर्ण भए । थाहा ६ को बज्रवाराही माविका ६२ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जना उतिर्ण भए चित्लाङको स्वच्छन्द भैरव माविबाट १७ जनाले परीक्षा दिएकोमा ८ जना मात्र उतीर्ण भएका छन् ।
थाहा १० को टौखेलको नाट्यश्वर माविबाट २८ जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी भएकोमा ९ जना मात्र उतीर्ण भएका छन् । थाहा ७ डाँडाबासको प्राविधिक सिभिल इन्जिनियर अध्यापन गराउँदै आएको सुन्दरीदेवी माविबाट १० जना विद्यार्थीले परीक्षा दिएकोमा उतीर्ण संख्या शुन्य रहेको छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्