अंगारा युवाक्लबले तेस्रो थाहा गोल्डकपको उपाधी उचालेको छ । थाहा आन्दोलनका प्रणेता रुपचनद्र विष्टको जन्मदिनको अवसर पारेर २६ पुसबाट शुरु भएको गोल्डकपको उपाधिसंगै नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

५ माघमा भएको फाइनल खेलमा अंगाराले एम के सी बारा ११ लाई १–० गोल अन्तरले पछि पार्दै उपाधि हासिल गरेको हो । अङ्गाराका लागि २ नम्बर जर्सिका खेलाडी सुसान्त कार्किको एक गोल नै जितको निर्णायक गोले बनेको थियो । उनले खेलको ७९ औ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अङ्गारा युवा क्लबका जान्मे धामी भए भने उत्कृष्ट मिडफिल्डर एम के सि बाराका ओम चौधरी , उत्कृष्ट गोलकिपर अङ्गाराका कुशल गिरी घोषित हुँदा उत्कृष्ट डिफेन्डर अङ्गाराकै सिसास थापा तथा उत्कृष्ट गोलकर्ता डाडाबास फुटबल क्लबका विशाल स्याङ्तान बन्न सफल भए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए ।

दोस्रो भएको एम के सि बारा ११ ले नगद ५० हजार सहित मेडल तथा प्रमाणपत्र हात पारे। बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथी बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको प्रथम पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरण बहादुर जोशी र दोस्रो पुरस्कार नेपाली काङ्ग्रेस मकवानपुरका नेता जयराम लामिछानेले प्रायोजन गरेका थिए । कार्यक्रममा प्रतियोगिताको लागि सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पत्र दियएको थियो भने स्वयंसेवक तथा निर्णायकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा थाहा नगर प्रमुख लवशेर विष्ट, नगरस्तरीय राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिहर, संघसंस्था लगायतकाको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी