हेटौँडा उपमहानगरपालिकाका २० वटा विद्यालयलाई उपमहानगरले सूचनाप्रविधि सामग्री हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमै खरिद गरिएको सामग्री उपमहानगरले १२ भाद्रबाट वितरण गर्न सुरु गरेको छ । विद्यालयको प्रशासनिक काममा प्रयोग गर्ने गरी विद्यालयको आवश्यकताअनुसार कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) वितरण गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाले विद्यालयका प्रधानाध्यापकलाई सामग्री हस्तान्तरण गरे । उपमहानगरले ठेक्कामार्फत १६ लाख २५ हजार रुपैयाँमा आवश्यक सामग्री खरिद गरेर विद्यालयलाई वितरण गरेको हो ।
सामग्री हस्तान्तण गर्नुहुँदै नगर प्रमुख लामाले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार्नेतर्फ ध्यान दिन आग्रह गरे । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने तर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्