पालुङ प्राथमिक स्वास्थ्य केन्द्र थाहा नगरपालिकामा १६ भाद्रमा स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरमा १ सय ३७ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य परीक्षण गराएकाहरु मध्ये ६० जनाले स्त्रीरोगसंग सम्बन्धीत तथा ७७ जनाले भिडियो एक्सरेमा सेवा लिएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीले जानकारी दिए । शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर बिना श्रेष्ठ र भिडियो एक्सरेमा रेडियोलोजिस्ट अनुज बज्राचार्यले सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा प्रत्येक दुई हप्ताको अन्तरमा पर्ने शनिवार विशेषज्ञ स्वास्थ्य शिविरलाई निरन्तरता दिने जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी