आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरीय दुईदिने वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम भएको छ । पालुङ जेसिज सभाहलमा १८ र १९ भाद्रमा कार्यक्रम भएको हो ।

 

नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा नगर भित्र रहेका १२ वटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, आर्युवेद औषधालय तथा निजि पोलिकिल्निक सहित विद्यालय नर्सहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था, बजेट र खर्चको अवस्था तथा वित्तिय प्रगति विवरणहरु समेत प्रस्तुत गरेका थिए । उनीहरुले सो क्रममा स्वास्थ्य केन्द्रलाई आआफ्नो वडाबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिदै नागरिकको आधारभुत आवश्यकता माथी ध्यान दिन पालिका तथा वडा कार्यालयहरुको ध्यानाकर्षण गरेका थिए । सो अवसरमा सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजनका साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए ।
थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, तथ्यांक अधिकृत भागिरथ प्रसाद रौनियारका साथै वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको एमडिजीपी मेडिकल अधिकृतबाट सेवा प्रवाह गर्न जरुरी रहेको बताउदै, सामाजिक आर्थिक, शैक्षिकहरुलाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताए । बलामीले घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्नुपर्ने, प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको उल्लेख गरे । नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको, क्लिनिक, वर्थिङ सेन्टर सबै स्वास्थ्यसंस्थामा रहेको, अक्सिजन प्लान्टको निर्माण अन्तिम चरणमा रहेको ,गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा आइ.एल.आर.को व्यवस्था रहेको बताए । उनले स्वास्थ्य संस्थालाई पालिकाबाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए । उनले गत आर्थिक वर्षको तुलनामा खोप, पोषण, मातृ तथा नवशिशु, रोग नियन्त्रण, नसर्ने रोगको पहिचान र रोकथाम साथै सामान्य विरामी उपचार र ल्याव सेवा समेतमा उल्लेखनीय प्रगति भएको बताए । कार्यक्रमका सहभागीहरुलाई मकवानपुरवाट प्रमुख कृष्ण मिजार, जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे तथा तथ्यांक अधिकृतले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी