मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा रहेको सरस्वती बालबोधनी माविमा विद्यालय बस सेवा शुभारम्भ कार्यक्रम भएको छ । सो अवसरमा २०७९ सालको एसइईमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान कार्यक्रम समेत भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयलाई प्राप्त बस सेवाको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले १९ असोजमा उद्घाटन गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालको एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, शिक्षा शाखा प्रमुख दिनानाथ गौतमलगायतकाको आतिथ्यता रहेको थियो ।
सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्