फुर्केका महाविर गोले

मकवानपुर थाहा नगरपालिका नम्बर ५ फुर्केका महाविर गोलेले ३ वर्ष पछि दृष्टि पाएका छन् । राम्ररी हिड्न नसक्ने महाविर दुई जना भतिजको साथमा फुर्केमा आयोजित निःशुल्क शिविमा आँखा जाँच गर्न आएका थिए ।

गोलेको आँखामा मोतिविन्दु देखिएको थियो । तिलगंगा सामुदायिक आँखा केन्द्र पालुको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रिया पश्चात् महाविरले दृष्टि पाएका हुन् । फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराहीलगायतका स्थानमा निशुल्क आँखा शिवर गरी ५ सय बिरामीको आँखा जाँच गरी ७३ जनामा मोतिविन्दु भेटिएको थियो ।

हेटौडा सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीको नेतृत्वमा आएको टोलीले शिविरमा शल्यक्रिया गरेका थियो ।

\

पालिका प्रेस
थप जानकारी