मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा सञ्चालन भएको सौगात स्मृति नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि सोल्टु युवा क्लब थाहा–२ ले हात पारेको छ । ५ नम्बर वडाको फुर्केमा बिजया दशमीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो ।
सोल्टु युवा क्लवले खेलकुद विकास समिति वडा नम्बर ६ लाई पराजित गर्दै उपाधी चुमेको हो । उपाधि चुमेसंगै सोल्टु युवा क्लवले नगद ५१ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा दोस्रो भएको खेलकुद विकास समिती वडा नम्बर ६ ले नगद ३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ भने तेस्रो हुने खेलकुद विकास समिती थाहा नगरपालिका ५ नम्बर वडाले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी मनिष तामाङ, उदयमान खेलाडी प्रवेश कार्की हुँदा बेस्ट सेटर सागर तामाङ, बेस्ट स्पाइकर बलराम सुवेदी र बेस्ट लिब्रो सुनिल गुरुङ हुन सफल भए ।
थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिका वडा नम्बर ५ खेलकुद विकास समिती फुर्के बसन्तको व्यवस्थापनमा प्रतियोगिता भएको प्रतियोगिता १ कात्तिकबाट शुरु भएको थियो । खेलकुद विकास समिती थाहा–५ का अध्यक्ष पुरुषोत्तम गुरुङको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम नगर प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर खेलकुद विकास समिती सदस्य राजकुमार बलामी, वडा नम्बर ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली २ नम्बर वडाका अध्यक्ष बम बहादुर सिन्तान लगायतकाको आतिथ्यता रहेको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्