मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४, फाखेल पुरण्डीमा निर्माणाधीन रिगडुग दोङटुग लिङ गुम्बालाई अमेरिकामा ८ लाखभन्दा बढी सहयोग संकलन भएको छ ।

तामाङ सोसाईटी अफ अमेरिकाका पूर्वअध्यक्ष इन्द्र तामाङको पहलमा ६ हजार १ सय ७८ अमेरिकी डलर (करिब ८ लाख २० हजार रुपैयाँ) रकम संकलन गरिएको हो । उक्त रकम नेपाल पठाउनका लागि पूर्वअध्यक्ष तामाङले तामाङ सोसाईटी अफ अमेरिकाका वर्तमान अध्यक्ष बुद्धिमान तामाङलाई हस्तान्तरण गरेका छन् । रिगडुग दोङटुग लिङ गुम्बा समितिका अध्यक्ष धिरज लामा र लामागुरुको आग्रहपछि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग संकलनको अनुरोध आएपछि सामाजिक सञ्जालको माध्यमबाट रकम जम्मा पारिएको तामाङ कल्चर एन्ड बुद्धिस्ट सेन्टरका संयोजक रहेका पूर्वअध्यक्ष तामाङले बताए ।

स्थानीय सानुमाइली तामाङले १ रोपनी ८ आना र कान्छी रुम्बाले दान गरेको १ रोपनी १ आना १ पैसा जग्गामा गुम्बा निर्माण गरिएको छ । पूर्वअध्यक्ष तामाङले गुम्बाका लागि सहयोग गर्नेहरुप्रति धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी