मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको उपाधि खेलकुद बिकास समिति मनहरी २ ‘ए’ बिजय भएको छ ।
२७ कात्तिकमा भएको फाइनल खेलमा खेलकुद बिकास समिति मनहरी २ ले एफसि मनहरी ३ लामिटारलाई १–० ले गोलले पराजित गरेसँगै उपाधि जितेको हो । प्रतियोगितामा एफसी लामिटार मनहरी ३ उपविजेतामा चित्त बुझाएको छ ।
खेलकुद विकास समिति मनहरी–२ ले तिहारको अवसरमा गरेको प्रतियोगिता कात्तिक २० गतेबाट सुरु भएको थियो । प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र गरेको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्