मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको पालिकास्तरीय दीपावली कप फुटबल प्रतियोगितको उपाधि टि.जि.टी.क्लबले हात पारेको छ । इन्द्रसरोवर गाउँपालिका २ नम्बर वडाको कुलेखानी क्लबलाई ३–४ गोल अन्तरले टि.जि.टी ५ नम्बर वडाले पराजित गर्दै टि.जि.टी.ले जित हासिल गरेको हो ।

विजयी भएसंगै टि.जि.टी.ले नगद १ लाख शिल्ड, मेडल, प्रमाण पत्र पुरस्कार पाएको छ । उपविजेता कुलेखानीले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा तेस्रो भएको लिटल स्टारलाई नगद १५ हजार मेडल प्रमाण पत्र पाएको छ । गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष जीवन लामा, ४ नम्बर वडाध्यक्ष चन्द्र कुमार बल, सुरक्षाकर्मीलगायतकाको आतिथ्यता रहेको थियो । प्रतियोगितामा सेतिदेवी टिम उत्कृष्ट घोषित भएको थियो । सर्वाधिक गोलकर्ता मिलन लामा र उत्कृष्ट खेलाडी मनिष गोले घोषित भएकाे आश बहादुर ब्लोनले पालिका प्रेसलाई जानकारी दिए ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल चौरमा १९ असोजबाट शुरु भएको थियो । १६ टिमको सहभागिता रहेको प्रतियोगिता इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को सहयोगमा लालिमा युवा क्लबले आयोजना गरेको हो ।

फोटो सौजन्यः आश बहादुर ब्लोन