मकवानपुर थाहानगरको वडा नम्बर ७ आग्रा देउखेलमा हरिबोधनी एकादशीको अवसरमा साँस्कृतिक कार्यक्रम भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान मकवानपुरको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक मिलन लामा र अस्मिता डल्लाकोटीको साथै अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यतामा भएको कार्यक्रम मा स्थानीय नवप्रतिभाहरुले साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन साथै थाहानगरको पर्यटन विकासको लागि बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको ग्रीन कम्युनिटी स्पोर्ट्स युवा क्लव छाप महादेव खर्कका अध्यक्ष शम्भु गोलेले पालिका प्रेसलाई जानकारी दिए । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष, शिवराज थिङ तथा  वडा सदस्यहरुलगायतका जनप्रतिनीधिहरु, शिक्षक, संघसंस्थाका पदाअधिकारीहरु, कलाकारहरुको आतिथ्यता रहेको थियो। साँस्कृतिक कार्यक्रममा स्थानीयहरुले रमाइलो मानी नाचगान गरेका थिए ।

हेर्नुहोस् फोटोफिचर:

पालिका प्रेस
थप जानकारी