मकवानपुरको भीमफेदी गाँउपालिकामा आँखामा मोतियाबिन्दु लागेका ४३ जनाको निशुल्क शल्यक्रिया गरिएको छ । वर्षौदेखि आँखामा भइरहेको समस्या लिएर बसेका ४३ जना बृद्धबृद्धाहरुको निःशुल्क रुपमा शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

भीमफेदीको विभिन्न वडामा रहेका आँखाका बिरामीको समस्यालाई ध्यानमा राखेर हेटौडा सामुदायिक आँखा अस्पतालसंग गाउँपालिकाको सहकार्यमा शिविर संचालन गरि २ सय ५३ जनाको आँखा परिक्षण गरिएको थियो । त्यस मध्यमा ४३ जनाको शल्यक्रिया गर्नु पर्ने भएकोले गाँउपालिकाको व्यबस्थापनमा हेटौडा सामुदायिक आँखा अस्पताल ल्याउने लाने व्यबस्था मिलाई शल्यक्रिया सम्पन्न भएको अध्यक्ष लामाले बताए ।

आँखा परिक्षणमा भीमफेदी गाँउपालिका स्वास्थ्य शाखा र सामुदायिक आँखा अस्पताल हेटौडाका स्वास्थ्यकर्मीहरुले उपचारमा सहयोग गरेका थिए ।

पालिका प्रेस
थप जानकारी