मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ को महांकाल आधारभूत विद्यालयलाई साँढे २ लाख रुपियाँ सहयोग जुटेको छ । महांकालदेवि मन्दिरको नामबाट स्थानीय युवा, अभिभावक तथा शिक्षाप्रेमी सुब्बा गोलेले विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयमा निजि स्रोतमा कार्यरत शिक्षकहरुलाई तलब व्यवस्थापन गर्नका लागि उनले २ लाख सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर गोलले जानकारी दिए । साथै बिद्यालयमा बालमैत्री धारा निर्माणका लागि पनि उनै सुब्बा गोलेले ५० हजार रुपियाँ मात्र सहयोग गरेका छन् ।

आगामी दिनमा पनि यसैगरी विद्यालयलाई सहयोग प्राप्त हुने अपेक्षा सहित सहयोगीहरुलाई विद्यालयका प्रधानाध्यापक सचिन कुमार बलले आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।

बाल कक्षादेखि कक्षा ८ सम्म अध्यापन हुने महांकालमा प्रा.वि. तहको दरबन्दी ४, निमावि सिकाइ अनुदानमा २ जना, बाल विकास सहजकर्ता १ र कार्यालय सहयोगी १ जना मात्र रहेका छन् । विद्यालयको आवश्यकता अनुसार शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको विद्यालयले जनाएको छ । विद्यालयमा २ जना नीजिस्रोतका शिक्षक राखिएको छ । थाहा नगरपालिका शिक्षा शाखासंग पटक पटक थप दरबन्दी माग गर्दा पनि दरबन्दी मिलान गर्न नसक्दा थप शिक्षक पठाउन सकेको छैन ।

पालिका प्रेस
थप जानकारी