मकवानपुर थाहानगरमा जारी चौथो थाहा महोत्सवमा २० मंसिरमा चर्चित गायिका राधिका हमाल, एलिना चाैहानलगायतका कलाकारहरु आउने भएका छन् । नेपाल साँंगितिक क्षेत्रमा ख्याति प्राप्त गायक गायिकाहरुको आज प्रस्त्ुति रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा २० मंसिरमै नवराज घोरासैनी, कर्णराज गिरी र रूपचन्द्र सापकोटाको पनि धमाकेदार प्रस्तुति हुने भएको छ । थाहा महोत्सवमा ख्याति प्राप्त गायक गायिक आउने भएपछि उनका फ्यानहरु महोत्सव स्थल पुग्ने भएका छन् । दैनिक हुने साँस्कृतिक कार्यक्रममा हजाराै दर्शकहरू झुमिने गरेका छन् ।

पालिका प्रेस
थप जानकारी