सरकारी खर्चको लेखा परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न जिल्लामा खटिएको छ । आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन तयार गरिरहेको महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न २८ जिल्ला खटिएको हो ।

सानो जिल्लामा एकदेखि ठूलो जिल्लामा तीन वटासम्म टोली खटाइएको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता एवं नायव महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारीले जानकारी दिए । माघ मसान्तसम्म लेखा परीक्षण सकेर चैत मसान्तमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यालयको योजना छ ।

गत वर्ष ६ हजार पाँच सय ७६ वटा संस्थाको ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गरेकोमा एक खर्ब १९ अर्ब ७८ करोड बेरुजु देखिएको थियो । यो वर्ष पनि गत वर्षकै हाराहारी रकमको लेखा परीक्षण हुने अनुमान गरिएको छ ।

लेखा परीक्षण सुधारका लागि ८१ बुँदे निर्देशन जारी गरेको कार्यालयले गुनासोहरूको जवाफ व्यवहारबाटै दिने गरी काम गरिरहेको छ । लेखा परीक्षण सुधारका लागि अडिटरको व्यवहार र अडिट क्वालिटीमा सुधार गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी