हेटौंडा उपमहानगरपालिका–१९ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिँदै बर्थिङ सेन्टरको उद्घाटन गरीएको छ । उपमहानगरपालिका भैकन पनि गर्भ परिक्षण सहितको सुबिधाबाट बञ्चित रहँदै आएको यस क्षेत्रका महिलाहरुको स्वास्थ्यलाई ध्यान दिँदै हेटौंडा– १९ ज्यामिरे शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको सुरुवात गरीएको हो ।

सेन्टरको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सुत्केरी गराउँनका लागि आवश्यक सामग्री जडानपछि हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयको आयोजनमा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख लामाले महिलाहरुमा उमेर पाक्दै गएपछि देखिने पाठेघर र स्तन सम्बन्धी समस्यालाई लुकाउने बानी तत्कालै सुर्धान आग्रह गरीन् । उनले घरपरिवार, छिमेकको डरले आफ्नो शारिरीक समस्या लुकाउने समस्या रहेको छ, त्यसलाई तत्काल छाड्न आग्रह गरीन् । ग्रमिण भेगमा रहेका जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उपमहानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको भन्दै सेवा लिन सबैलाई सचेत गराईन् ।

कार्यक्रममा हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीले बर्थिङ सेन्टरमा आएर प्रसुसत सेवा लिन आग्रह गरे । यहाँका नगरवासीले प्रसुति सेवा लिनका लागि बजार सम्म लामो दुरी यात्रा गर्नुपर्ने बाध्यतालाई रोक्नका लागि अहिले सेवा सुरु गरीएको उनले बताए । स्वास्थ्य केन्द्रबाटै सुत्केरी गराएमा भोलि बालबालिकाको जन्मदर्तामा कुनै समस्या नपर्ने उनको भनाई थियो ।

केन्द्रमा बर्थिङ सेन्टरको सुरुवातसँगै निमित रुपमा गर्भपरिक्षण, सुत्केरी जाँच र प्रसुति सेवा सञ्चालन हुने शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौलाले जानकारी दिए । उनले ९÷१० बर्षदेखि स्वास्थ्य केन्द्र सञ्चालन भएपनि भौगोलिक समस्या र आर्थिक अवस्था कम्जोर रहेका कारण यहाँका बासिन्दा उपचारमा कम आउने गरेको बताए । आएका बिरामिलाई केन्द्रले उपचार सेवा दिन नसक्ला हेटौंडा बजार सम्म जानका लागि सडक र भौगोलिक बिकटताका कारण करिब २ भण्टा सम्म लाग्ने उनले बताए ।

बर्थिङ सेन्टर उद्घाटनको अवसरमा शहरी स्वास्थ्थ केन्द्रको संयोजन र १९ नम्बर वडा कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । बिशेषज्ञ डाक्टर सहित सञ्चालन गरीएको शिविरमा २२८ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ । महिलाहरु लक्षित पाठेघर, स्तन क्यानसर तथा प्रजनन् स्वास्थ्य शिविरमा १६ जनाले नयाँ र ७ जनाले पुरानो झिेकर नयाँ इन्प्लान्ट राखेको बताइएको छ । शिविरमा ११८ जना महिलाहरुले पाठेघरको जाँच गराएका थिए । शिबिर १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी