हेटौंडा उपमहानगरपालिका भित्रका खानेपानीका उपभोक्ताहरुले पानीको महसुल अब अनलाइनबाटनै भुक्तानी गर्न पाइने भएको छ । खानेपानी व्यावस्थापन बोर्डमा आवद्ध भएका उपभोक्ताहरुले अबदेखि पानीको महसुल अनलाइनबाट भुक्तानी गर्नका लागि सहजता भएको हो ।

हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी ब्यबस्थापन बोर्ड कार्यालय हेटौंडामा खानेपानीको महसुल एनएमवी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति पत्रमा ४ पुसमा हस्ताक्षर समेत भएको छ । आम उपभोक्ताहरुलाई पानीको महसुल अनलाइनबाटनै भक्तानी गर्नका लागि शुभारम्भ भएको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरको मेयर मिना लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इएनएमबि एपको उद्धघाटन गरिएको हो । उक्त एप मार्फत खनेपानी उपभोक्ताहरुले आफुलाई पाएक पर्ने समयमा सहजै बिल भुक्तानी गर्न सकिने भएको छ ।

कार्यक्रममा मेयर कुमारी लामाले स्थानीय सरकारले नागरिकहरुलाई अरु केही दिन नसके पनि उपभोग्य खानेपानी दिन सक्नुपर्ने बताइन् । अनलाइन मार्फत इएनएमबि एपको उद्धघाटन गर्दै उनले बिभिन्न स्थानमा खानेपानीकै लागि लडाइ समेत भइरहेको अवस्था भएसंगै पानीका स्रोेत, मुहान, खोलानाला सुक्दै गईरहेको बेलामा पानीको संरक्षण गर्दै उपभोग योग्य बनाउनेतर्फ लाग्नुपर्ने बताइन् ।

पालिका प्रेस
थप जानकारी