मकवानपुरको बकैया गाउँपालिकाले जिल्ला लिग छनोटको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा बकैया युथ क्लबबाट सहभागी भइ विजयी भएका खेलाडीलाई गाउँपालिकामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

जिल्लास्तरीय क्लबको मान्यतासहित जिल्ला लिग खेल्ने नयाँ टिम छनोटका लागि आयोजित प्रतियोगितामा प्रथम हुन सफल भएको भन्दै गाउँपालिकाले हौसला अभिबृद्धि गर्ने उदेश्यका साथ खेलाडिहरुलाई ९० हजार बराबरको सामाग्री सहित सम्मान गरेको हो । गाउँपालिकाले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गरेको छ । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा कर्मचारीहरुले खादा र ज्याकेटसहित सम्मान गरेका थिए ।

फाइनल खेलमा पञ्चशिल युवा क्लव हेटौंडा १२ लाई पराजित गर्दै बकैया युथ क्लबले जिल्ला लिग छनोटको उपाधि जितेको हो । सो अवसरमा अध्यक्ष लामिछानेले खेलाडीहरूलाई प्रदेश र राष्ट्रिय स्तरको खेलमा विजयी हुन आग्रह गरे । उनले खेल क्षेत्र र खेलाडीको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले पालिकालाई लागुऔषध मुक्त बनाउने अभियान रहेको भन्दै युवाहरुको सहयोग आवश्यक रहेको समेत बताए ।

पालिका प्रेस
थप जानकारी