थाहानगरमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३८ पदकसहित जनकल्यण मावि अग्र स्थानमा रहेको छ । जनकल्यणले १४ स्वर्ण, १८ रजत र ६ काश्य प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रोमा १० स्वर्ण, २ रजत र ६ काश्यसहित बागेश्वरी मावि आग्रा द्वितीय स्थानमा छ भने ३ स्वर्ण, ७ रजत र ५ काश्यसहित झम्केश्वरी मावि तृतीय स्थानमा रहेको छ ।

इअन बोर्डिङ स्कूल बज्रवाराहीले ३ स्वर्णसहित १० वटा पदक प्राप्त गरिसकेको छ भने पालुङ मोडर्न र सरस्वती माविको पदक शुन्य रहेको छ । प्रतियोगितामा थाहानगरका १० सामुदायिक र ४ संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको १० पुसमा समापनसहित पुरस्कार वितरण कार्यक्रम रहने थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

हेर्नुहोस् कुन विद्यालयको पदक कति ?

पालिका प्रेस
थप जानकारी