लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले लायन्स क्लव अफ पिस थाहाको व्यवस्थापनमा थाहानगरका दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थी हरुलाई न्यानो कपडा वितरण गरेको छ । थाहा नगरपालिकाको झम्केश्वरी माबिमा प्राथमिक तहमा अध्ययनरत ८६ जना विद्यार्थीलाई ट्र्याकसुट सेट र थाहा ४ रुप्सेमा रहेको महांकाल प्रावीका १४ जना विद्यार्थीहरुलाई ट्रयाकसुट, मोजा, जुत्ता वितरण गरियको हो।

न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर पिएमजिएफ भिमलाल पौडेल ,सेकेन्ड भिडिजी धनिराम बराल,पिएमसिसी गिरीधारी शर्मा,प्रो इन चिफ दिपक खरेल,डिश्ट्रीक चिफ गिता शर्मा,काठमाडौंआरम्भ देउरालीका अध्यक्ष पुर्णीमाया शर्मा,पुर्व अध्यक्षहरु कल्पना घिमिरे,शान्ता पाण्डे,दुर्गा केसी,प्रथम उपाध्यक्ष यामकुमारी रानाभाट ,द्वितीय उपाध्यक्ष भगवती सापकोटा,लायन्स क्लव अफ पिस थाहाका २०२२÷०२३ अध्यक्ष जयराम खत्री,०२३÷०२४ का अध्यक्ष गिता कार्की ,संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान ,झम्केश्वरी माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा आरम्भ देउरालीका संस्थापक अध्यक्ष गीता चापागाईंले आफ्नो क्लवले नियमित रुपले थाहा पिससंग सहकार्य गरि गाउँका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइने बताउनु भयो । वक्ताहरुले आफ्नो नियमित कमाइको सानो हिस्सा सामाजिक सेवामा लगानी गर्दा एक अर्कामा सहयोगी समेत हुने हुँदा लायन्स क्लवले देशैभरी यसै गरि कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनु भएको छ । गत वर्ष थाहा ११ र १२ का १३० विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी