मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा खुत्रुकेमा संकलन गरेको रकम विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको देउराली क्षेत्रका आठ वटा होटल तथा किराना पसलमा राखिएको खुत्रुकेमा संकलन भएको ४८ हजार ४३५ रुपियाँ आर्थिक पालिकाभित्रमा विद्यालयमा सहयोग गर्ने भएका हुन् ।

इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले गत असार यता छ महिनाको अवधिमा संकलन भएको उक्त रकम विद्यालयलाई कम्प्युटर खरिद गर्न वा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई कापी कलम खरिदमा सहयोग गर्ने बारेमा सल्लाह गरी निर्णय गरिने बताए । खुत्रुकेमा होटल तथा किराना पसलमा पुग्ने यात्रुले इच्छा अनुसार राख्ने बताउँदै वडाध्यक्ष श्रेष्ठले व्यवसायीहरूले दिनको एक कप चियाको २० रुपियाँले दरले खुत्रुके खोल्ने दिनसम्मको गणना गरी खुत्रुके खोल्ने दिनमा नगदै राख्ने गरेको बताए । स्थानीयले खेलकुदमा लागि पाँच हजार रुपियाँ सहयोग गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले भने, देउराली टोलसुधार समितिको अगुवाइमा भएको खुत्रुके अभियानमा स्थानीय तरकारी सहित अन्य व्यवसायी समेतले सहभागी हुन इच्छा देखाएका छन् ।

यसअघि देउराली टोलसुधार समितिको अगुवाइमा संकलन ४८ हजार आठ सय रुपियाँ पालिकाको वडा नंम्बर २ खानीखेतस्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट माध्यमिक विद्यालय परीक्षा दिने विद्यार्थीहरूको प्रोत्साहन एवम् खान बस्ने सहजताको लागि प्रदान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी