मकवानपुर नगरपालिकाको वडा नम्बर ३ का सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । २४ पुसमा ३ नम्बर वडा भित्रका ६ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए ।

उनका अनुसार सुत्केरी महिलाहरुलाई घ्यू, जेरी, गुदपाकलगायतका १३ सय रुपैयाँ बराबरको पोषण सामाग्री दिइएको हो । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष रायमाझीले भने–‘हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ, त्यसमा पनि महिला,बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर अघि बढिरहेका छौँ, बालबालिकाहरुलाई कुपोषण लाग्न दिने छैनौ ।’

बालबालिकाहरुलाई कुपोषण लाग्न नदिने अभियानकासाथ अगाडि बढिरहेको उनले बताए । यसअघि थाहाका विभिन्न वडाहरुले सुत्केरी महिलाहरूलाई पोषण सामाग्री वितरण गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी