थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित भएका छन् । पालिका रहेर जनस्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदरसहित बलामीलाई चितवनमा सम्मान गरिएको हो । बागमती प्रदेशका स्वास्थ्यकर्मीहरु मध्येबाट उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अवार्डबाट सातै प्रदेशका गरी १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको थियो । प्रमुख अतिथि डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतबाट सम्मानित भएका हुन् । सम्मानित हुनुहुने हरुमा चिकित्सक तर्फ प्राध्यापक डाक्टर पशुपति चौधरी, प्राध्यापक डाक्टर रामनरेश पण्डित, डाक्टर निलम चौरासिया, प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद कोजु, प्राध्यापक डाक्टर लोक बहादुर सेंढाई, डाक्टर हरि बहादुर खड्का ,डाक्टर सरु थापा न्यौपाने रहेका छन् ।

यस्तै सम्मानित हुनुुुहुने अन्य चिकित्सकहरुमा डाक्टर प्रदेश घिमिरे, डाक्टर गुरु शरण शाह, डाक्टर योगेन्द्र अग्रहरी, डाक्टर अखण्ड उपाध्याय, डाक्टर प्रमोद जोशी र डाक्टर नर बहादुर मौनी रहेका छन् भने सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहेका छन् ।

अवार्डबाट सम्मानित हुनुहुने अन्य स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरी प्रसाद भुषाल, दिपेन्द्र कार्की र सुरेश कुमार अधिकारी छन् । यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउंँपालिकाको कार्यालय नवलपुर रहेका छन ।

पालिका प्रेस
थप जानकारी