मकवानपुर थाहानगरको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । थाहा नगरपालिका वडा नम्बर २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई सोझो सेटमा पराजित गरेको हो । विनयबाबुले छहारीलाई २५–१९, २५–२२ र २७–२५ को अन्तरले पराजित गरेको हो ।

विजयी भएसंगै विनयबाबु स्कृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँ नगद पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता छहारी युवा समाज हेटौंडाले ३० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । मकवानपुरका १५ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

पुरस्कार वितरण समारोहमा वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर घोषित भए भने वेस्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए । वेस्ट लिब्रोमा विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुकै उपास विष्ट र वेस्ट प्लेयर पनि विनयबाबुकै निराजन गुरुङ घोषित भए । वेस्ट कोचमा विनयबाबुका शंकर कार्की घोषित भएको विराजन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका विजयी तथा उपविजेता टिमलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले पुरस्कार वितरण गरेका थिए । चित्लाङको स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा २५ पौषबाट सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष पुण्यमान बलामीको सभाध्यक्ष्तामा भएको थियो । कार्यक्रममा कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनीधिहरु, स्थानीय संघस.स्थाका प्रतिनीधिहरु, प्रहरीलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी