शहीद रुद्र पाख्रीन, बासुदेव घिमिरे स्मृति दोश्रो मकवानपुर जिल्ला अन्तरपालिका फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले जितेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा रहेको फुटसलमा भएको फाइनल खेलमा मकवानपुरगढी खेलकुद विकास समितिलाई ७–४ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधी चुमेको हो ।

उपाधी सँग हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड हात पारेको छ । त्यस्तै उपविजेता मकवानपुरगढीले ७५ हजार जितेको छ । खेलमा बेष्ट गोल्किपर हेटौंडाका सुजन लामा भएका छन् । त्यस्तै मकवानपुरगढीका सुजन बोम्जन १५ गोल सहित सर्वाधिक गोलकर्ता, हेटौंडाका समिरराज थोकर बेस्ट प्लेयर र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् । मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका, बाग्मती गाउँपालिका र थाहा नगरपालिका गरि ४ वटा पालिकाका ७ ओटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपाली , वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, बडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे लगायत विभिन्न संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी